७ मंसिर २०८१, शुक्रबार

राजधानीमा सुपथ मूल्यको पसल खुल्योः साल्ट ट्रेडिङले सेवा दिने


आपूर्ति मन्त्रालय अन्तर्गतका निकाय साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले शुक्रबारदेखि संयुक्तरुपमा सुपथ मूल्यका पसल उपत्यकाभित्र विभिन्न आठ स्थानबाट सञ्चालनमा ल्याएका हुन् ।

कालिमाटी, टेकु, सतुंगल, कोटेश्वर, जावलाखेल, सूर्यविनायक, रामशाह र कलंकी तथा उपत्यका बाहिर बनेपा, विराटनगरलगायत २२ स्थानबाट ती पसल सञ्चालनमा आएका हुन्

विशेषगरी दैनिक उपभोग्य सामान नून, चिनी, चामल, तेल, पिठो, गेडागुडी, दाल, दुग्धजन्य पदार्थ उपभोक्ताले सहजरुपमा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ सरकारले हरेक वर्ष यस्ता पसल सञ्चालनमा ल्याउने गर्छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले शुक्रबार रामशाहपथमा सुपथ मूल्यको पसलको शुभारम्भ गर्दै चाडबाडको समयमा दैनिक उपभोग्य वस्तु सहजरुपमा उपभोक्ताले उपभोग गर्न यस्ता पसलले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थानले चाडपर्वका समयमा नून, चिनी तथा खाद्य पदार्थमा विशेष छुटको प्रबन्ध मिलाएको जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !