१० माघ २०८१, बिहीबार

सभामुख सापकोटा विरुद्धको विवरण ३० दिनभित्र पठाउन सर्वोच्चको आदेश


अग्निप्रसाद सापकोटा

१५ माघ, काठमाडौं । हत्या गरेको आरोप लागेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अनुसन्धान प्रक्रियाको विवरण ३० दिनभित्र पठाउन मङ्गलबार सर्वोच्च आदालतले गृह मन्त्रालयलगायतका निकायलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश भएको मितिले ३० दिनभित्र प्रगति विवरण पठाउन आदेश दिएको हो ।

व्यक्ति हत्याजस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई व्यवस्थापिका संसद्को शीर्ष नेतृत्वमा पदासीन गराउने गैरसंवैधानिक, गैरकानुनी र अन्तर्राष्ट्रिय मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । आजको नेपाल समाचारपत्रमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !