५ जेष्ठ २०८१, शनिबार

मकवानपुरमा भएको बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर घाइते


makawanpur_manharu_gapa

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनीहरुलाई घटनास्थलबाट उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक वसन्तकुमार लामाले बताए।

दुर्घटनामा परी घाइते भएका १४ मध्ये चार जनाको अवस्था गम्भीर भएको प्रहरीले बताएको छ। घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना४ख ८३ नम्बरको टिपर र काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना५ख ६१२३ नम्बरको बस आज बिहान एकापसमा ठोक्किएको थियो। रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !