५ जेष्ठ २०८१, शनिबार

काठमाडौं महानगरको ताजा मतपरिणाम: एमालेले ४० हजार पुर्याउन लाग्दा रज्जुलाई ११ हजार


kathmandu-election

काठमाडौं, ८ जेठ– जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ३० हजार ८ सय १८ मतसहित अग्रस्थानमा छन् ।

नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशील्े २१ हजार ९ सय ३९ मत ल्याउँदा विवेकशील नेपाल पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना)ले ११ हजार ९ सय ९९ मत प्राप्त गरेकी छन् ।

यस्तै साझा पार्टीका उम्मेदवार ९ हजार १ सय २७ मतसहित चौथो स्थानमा रहेका बेला माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोल ३३९३ मतसहित पाँचौ स्थानमा संघर्षरत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !