११ मंसिर २०८१, मंगलबार

तिनाउ ५ पहिलो पुनःनिर्माण सम्पन्न वडा


घर पुनःनिर्माण

रामपुर, १३ पुस । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ जिल्लामै पहिलो पुनःनिर्माण सम्पन्न वडा घोषणा भएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले वडालाई पाल्पा जिल्लामै पहिलो पुननिर्माण सम्पन्न वडा घोषणा गर्नुभयो ।

वडामा ७५ घर पुनःनिर्माणमा पहिचान भएको, ७२ जनाले सम्झौता गरेको तथा सम्झौता गरेकामध्ये तीन जनाले घर नबनाउने निर्णय गरेको र ६९ जनाले घर निर्माण सम्पन्न गरेका छन् । घर निर्माण सम्पन्न गरेका भूकम्प प्रभावितले रु तीन तीन लाख तीन किस्तामा बुझेकाले वडालाई आइतबार पुनःनिर्माण सम्पन्न वडा घोषणा गरिएको पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ पाल्पाका प्रमुख अनन्त सुनारले बताउनुभयो ।

कार्यक्रममा कोलडाँडाका ६९ लाभग्राहीलाई पुनःनिर्माण सम्पन्न प्रमाणपत्र प्रदान गरिएको निर्माण प्राधिकरण पाल्पाका इञ्जिनीयर टीकाबहादुर थापाले जानकारी दिनुभयो । पुनःनिर्माण भूकम्प प्रतिरोधी तरिकाबाट सम्पन्न भएको इञ्जिनियर थापाको भनाइ छ । विसं २०७२ को भूकम्पले कोलडाँडा, अर्चले, गोठादी, ज्यामिरे, चिदिपानी, झडेवालगायत क्षेत्रमा बढी क्षति पु¥याए पनि ती त्यहाँ पुनःनिर्माणको काम नसकिएको र वडा नम्बर ५ मा मात्र सकिएकाले प्रथम भएको गाउँपालिकाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !