४ आश्विन २०८१, शुक्रबार

निगमले पटक–पटक टेन्डर आह्वान गर्दा पनि बोइङ– ७५७ बिक्री प्रक्रिया लम्बियो


airplan

१९ कात्तिक, काठमाडौं । नेपाल वायु सेवा निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ । उक्त विमान खरिद गर्न उपयुक्त कम्पनीको टेन्डर नआएकाले आपसी समझादारीमार्फत जहाज बिक्री गर्न निगमले इच्छुक कम्पनीलाई वर्ताका लागि आह्वान गर्ने भएको छ ।

पछिल्लो समय निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबीच बिक्री प्रक्रियाका लागि आवश्यक समन्वय हुन नसक्दा ६ महिनादेखि उक्त कार्य लम्बिदै आएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !