८ कात्तिक, काठमाडौं । नेकपा शंकरापुर नगर कमिटीले आयोजना गर्ने चियापान तथा शुभकामना कार्यक्रममा शुक्रबार दिउँसो साढे १ बजे भाग लिन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आउने थाहा पाएपछि ठेकेदारले बिहानै धमाधम खाल्डो पुरेका छन् ।
लामो समयदेखि अलपत्र उक्त सडकखण्डका साँखु र थली क्षेत्रस्थित सडकका ठूला ठूला खाल्डा नेता नेपाल आउने कुरा थाहा पाएपछि बिहानै डोजर लगाएर पुरिएको हो । उक्त क्षेत्र नेता नेपाल निर्वाचन क्षेत्रअन्तरगत पर्छ ।