५ जेष्ठ २०८१, शनिबार

राष्ट्रियसभा : नीति तथा कार्यक्रम बहुमतले पारित


meeting

काठमाडौँ, २४ वैशाख । राष्ट्रियसभाको आजको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरु राधेश्याम अधिकारी, वृजेशचन्द्र लाल र रमेशप्रसाद यादवलगायतले प्रस्तुत गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो । राष्ट्रियसभामा यही वैशाख २३ र २४ गते छलफल भएको थियो ।

त्यसअघि प्रतिनिधिसभाको बैठकले समेत सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको थियो । प्रतिनिधिसभामा यही वैशाख २२, २३ र २४ गते छलफल भएको थियो । कूल १२३ सांसदले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएको थियो । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको र नियमापत्ती गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २५ गते बुधबार १४ बजे बस्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !