७ मंसिर २०८१, शुक्रबार

मन्त्री अर्याललाई मातृ शोक


पद्माकुमारी अर्याल

६ कात्तिक, स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ । मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो ।

केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइ रहनुभएकी अर्याललाई दशैँको समयमा घर ल्याइएको थियो । स्व तारादेवीका चार छोरा र चार छोरी रहेका छन् । स्व. अर्यालको आज रामनदी धाम राम्दीमा दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !