८ मंसिर २०८१, शनिबार

फिट रहन के गर्नुहुन्छ :केकि अधिकारी


केकि आफुलाई फिट राख्न निकै रुचाउनु हुन्छ, त्यसो त नामवाट नै उहाँको स्वभावलाई बुझ्न सकिन्छ कि, नेपाली बर्णमालाको पहिलो अक्षर क, र उहाँको नाममा प्रयोग भएको शब्द पनि मात्र यो “क” भएकाले आफ्नो नामलाई स्वस्थ्य राख्नका लागी लाग्छ उहाँले यो नाममा आफ्नो प्रिय “क” लाई “के” बनाएर हरेकलाई आफुतर्फ अाकर्षण गर्ने र दोस्रो “कि” बनाएर हरेकलाई समाल्न सक्ने हुनुहुन्छ, अब हामि बुझ्न सक्छौ
केकि हरेक कुरालाई अाफुतिर अाकर्षण गर्ने र त्यसलाई समाल्न सक्ने क्षमताको हुनुहुन्छ, मतलव फिट हुनुहुन्छ।Keki Adhikari

केकि अधिकारी नेपाली कला एव्म सिने जगतको चिरपरिचित नाम हो, पछिल्लो दशममा उहाँ नेपाली चलचित्रमा सफल नायिकाको रुपमा स्थापित हुनुहुन्छ, हाल उहाँ ‘जोसेफ’ नामक फिल्मको सुटिङ्गमा व्यस्त हुनुहुन्छ।

उहाँ भन्नुहुन्छ, मानिस जति नै व्यस्त एव्म प्रख्यात किन नहोस तर मानिसलाई अाफ्नो स्वस्थ्यताले सधै घचघचाइरहेको हुन्छ, स्वस्थ्यबिना व्यस्त जिवनको कल्पना पनि त गर्न सकिदैन।

केकि अधिकारीको स्वस्थ्य जिवन यस्तो रहेको छ,
बलिउड नायिका ज्याकलिन फर्नान्डिसको फिगर सँग प्रभावित बताउने केकि, हाल उहाँ ४९ केजीको हुनुहुन्छ, छोटो समयमानै मोटाउने र दुब्लाउन सक्ने उहाँको शरीरको स्वभाव रहेको छ, आफुलाई फिट राख्नका लागी उहाँ अहिले बिहान उठने बित्तिकै दुई गिलास कागती पानी पिउनुहुन्छ, खाली पेटमा एउटा स्याउ खानुहुन्छ र योगलाई पनि आफ्नो जिवनको दैनिकीमा समयनुकुल प्रयोग गरिरहेको बताउनुहुन्छ।

विशेष, मैदा मिसिएका खानाहरुले आफ्नो शरीर लाई प्रभाव पार्ने र सकभर चिल्लो र नुनिलो खानाबाट टाडै रहन मनपराउनुहुन्छ।
केकी डाइटमा विषेष ध्यान दिनुहुन्छ।

उमेर अनुरुप हाम्रो मेटापोलिजम कमजोर हुने हुदा उमेरअनुरुप व्ययाममा ध्यान दिन जरुरी ठान्नुहुन्छ,पछिल्लो समयमा उहाँ फिटनेस क्लासमा पनि जोइन हुनुहुन्छ।keki-adhikari

हाम्रो शरीर लाई आरामको पनि उतिनै महत्व हुने हुदा कम्तिमा ६-८ घन्टा निद्रा लाई दिने जसले हाम्रो शरीरमा शारीरिक एव्म मानसिक सन्तुलन बनाइराख्न र सौन्दर्यलाई पनि बचाइराख्न मदत गर्ने गरेको बताउनुहुन्छ।

कम्तिमा ५ लिटर पानी पिउन सकेमा राम्रो हुने तर आफ्नो कार्यवातावरणमा सवै स्थानहरुमा शौचालयको राम्रो व्यवस्था हुदैन जसले गर्दा पनि अलि कम नै पिउने गरेको अन्यथा घरमा रहदा तथा काम बाहिर हुदा जतिसक्दो धेरै पिउने प्रयास गर्छु।

स्वास्थ्य सम्वन्धि जानकारी हासिल गर्न इटरनेटको प्रयोग गर्ने तर पछिल्लो समयमा इटरनेटमा बिज्ञापन शैलीमा सुचनाहरु आउने र जुन कुनै बैज्ञानिक पुष्टि विना आउने हुदा समयनाकुल स्वास्थ्य बिषेषज्ञहरुको राय लिने गरेको बताउनुहुन्छ।keki adhikari

२०१० यता केकि द्वारा अभिनित चलचित्रहरुमा स्वर, मसान, मायाको बारीमा, आई यम सरी, महसुस, बितेका पल, मेरो बेस्ट फ्रेन, श्रीपाँच अम्बरे, फन्को, वागमती, पुनर्जन्म, मुटु, भाग सानी भाग, हाउ फनी, मलाई तिमि मन पर्यो आदि जस्ता सफल चलचित्र रहेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !