१२ पुस २०८१, शुक्रबार

बाल गायक अशोक दर्जीलाई आर्थिक सहयोग जुटाउन समिति गठन


ashok-darji-ghar

२१ वैशाख, झापा । पछिल्लो समय युटुबमा भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीको परिवारका लागि आर्थिक सहयोग जुटाउने उदेश्ले समिति निर्माण गरिएको छ ।

मंगलबार दमकमा उर्लाबारीका समाजसेवी पुर्ण वाईबाको अध्यक्षतामा सम्पन्न भेलाले उनकै संयोजकत्वमा ९ सदस्यिय समिति चयन गरेको हो ।

समितिको सचिवमा संचारकर्मी जिवन चुडाल, कोषाध्यक्षमा रुपक सापकोटा, सदस्यहरुमा पत्रकार किशोर श्रेष्ठ, अन्नपुर्ण पोष्टका पत्रकार लोकनाथ रिजाल , बिबेक हिङमाङ , केदार बुढाथोकी , ममता राना लगायत रहेका छन् ।

समितिले अशोकको परिवारका लागी उचित ब्यवस्थापन गर्ने उदेश्यले जग्गाको खोजी गरि घर निर्माण गर्न लागेको संयोजक वाइबाले बताएका छन् । यसका लागी देशबिदेशमा रहेका नेपालीहरुसग सहयोगको अपिल गरिने पनि वाइबाले जानकारी दिए ।

मिठो गित गाएर युटुबमा भाईरल बनेका अशोकको परिवारका लागि आर्थिक सहयोग जुट्ने आश्वासन आउन थाले पछि समिति निर्माण गरिएको हो । अशोकको परिवारको अवस्था अत्यन्तै नाजुक रहेकोले घर जग्गा खरिद तथा निर्माणका लागि बेग्लै समिति समेत निर्माण गरेको छ । अशोकको परिवार लाई सहयोग गर्नकै लागि अहिलेका चलेका संगितकार टंक बुढाथोकी दमक आएका थिए । बुढाथोकीको संयोजनमा ३ सदस्यिय अर्काे आर्थिक सहयोग संकलन समिति समेत गठन गरिएको छ । जसमा अशोकको अध्ययनअध्यापनको जिम्मा लिएका दिपक न्यौपाने र रोमन श्रेष्ठ रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !