१३ आश्विन २०८१, आइतबार

टेलिकमसँगको सहकार्यमा निःशुल्क सीम वितरण गर्दै अखिल क्रान्तिकारी


Nepal-Telecom-central-office-Ntc-offer-750x430

११ वैशाख, काठमाण्डौ । अखिल क्रान्तिकारी पब्लिक युथ क्याम्पस समितिले नेपाल टेलिकमसँगको सहकार्यमा विद्यार्थीलाई निःशुल्क सीम वितरण अभियान थालेको छ । अखिल क्रान्तिकारीका विद्यार्थीहरुले राजधानीका त्रिचन्द्र, पशुपति, कमर्स, आरआर, पदमकन्या, अमृत साइन्स, पाटन संयुक्त, महेन्द्ररत्न, नेपाल ल, भक्तपुर बहुमुखी क्याम्पसलागयत काभ्रे जिल्लाका सबै क्याम्पसहरुमा निःशुल्क सीम वितरण गर्दै आएका छन् ।

गत आइतबारदेखि अखिल क्रान्तिकारीका क्याम्पस समितिका उमेश ढकाल, नवीन पोखरेल, सिजन ढुङ्गाना, माया श्रेष्ठ , मिनवहादुर चलाउनेलगायतका विद्यार्थी नेताहरुले अहिलेसम्म राजधानीको विभिन्न क्याम्पसका अध्ययन गर्ने ७ हजार विद्यार्थीलाई सीम वितरण गरिसकेका छन् । उनीहरुले नेपाल टेलिकमसँग ५० हजार सीमकार्ड लिएको जानकारी दिएका छन् । सबै विद्यार्थीमा सञ्चारको पहुँच पुर्याउने उद्देश्यले सीम वितरण गरिएको प्रदेश नम्बर ३ का विद्यार्थी नेता रवीन बस्नेतले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !