१० वैशाख, काठमाण्डौ । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाइल्स्ले रोयल इन्फिल्ड “सर्भिस राइड” आयोजना गरेको छ ।
बालाजुस्थित कम्पनीको सोरुमबाट सुरु भएको राइड माछापोखरी, चक्रपथबाट सामखुसी, पानीपोखरी, बासँबारी, बुढानिलकण्ठ, शिवपुरीमा सम्पन्न भएको थियो । कार्यक्रम रोयल इन्फिल्डका सर्भिस मेनेजर विवेक मिश्राले शुभारम्भ गरेका थिए । राइडमा ३३ वटा रोयल इन्फिल्ड सहित ४० जना राइडरलेसहभागीता जनाएको कम्पनीले जनाएको छ ।
र्यालीको मुख्य उद्देश्य राइडरलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना र जनचेतना, पर्यावरण एवम् वातावरणमैत्री सडक अनुसासनको सन्देश प्रवाह गर्नु रहेको थियो । राइडमा सहभागि राइरले वन लेन राइड र सेफ्टी राइडको नियम पालना गर्दै राइड गरेका थिए ।
नेपालमा विवेक अटोमोवाइल्स्ले १९ वटा शाखा तथा डिलरबाट रोयल एन्फिल्ड बिक्रीवितरण गर्दै आएको छ ।