१० पुस २०८१, बुधबार

मैलानीको ‘नसुतेको रात’ बजारमा


Pradip Mainali

८ वैशाख, काठमाण्डौ । गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले गजल सङ्ग्रको लोकार्पण गरेको हुन् ।

८४ ओटा गजल सङ्कलित पुस्तकमा मैनालीले प्रेम, अर्थ, राजनीति, समसामयिक विषय समेटिएका छन् । कार्यक्रममा गजलसङ्ग्रहबारे समालोचक प्रभाती किरणले चर्चा गरेका थिए । गजलसङ्ग्रह बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो ।

कार्यक्रममा किरणले ‘नसुतेको रात’ गजल उत्कृष्ट रहेको बताए । ‘यो गजलमा बिम्ब, प्रतिक, लक्षणा, वेञ्जनालगायत प्रयोग गरिएको छ,’ उनले भने, ‘यो साच्चिकै गजल हो ।’

मैनालीले दुई वर्ष अघि बैशाखमै पहिलो गजलसङ्ग्रह ‘तुलसीको पात’ बजारमा ल्याएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !