१३ आश्विन २०८१, आइतबार

यातायात व्यवसायीद्वारा अान्दोलनका कार्यक्रण घोषणा


sindiket

५ वैशाख, काठमाण्डौ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ ।

पहिलो दिन सातै प्रदेशमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी दिएका उनीहरुले ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने र ७ गते प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका छन् ।

हेर्नुहोस् आन्दोलनका कार्यक्रम
Publicii


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !