१९ असार २०८१, बुधबार

वैशाख १९ बाट वाणिज्य बैंक र एनाआइडीसीको एकीकृत कारोबार हुने


राष्ट्रिय वाणिज्य बैंक

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक र एनआइडीसी विकास बैंकले मर्जरका लागि कम्पनी  रजिस्टारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त गरेका छन् ।

यी दुवै बैंकले यसअघि चैत्र २२ मा नै नेपाल राष्ट्र बैंक बाट मर्जरका लागि स्वीकृति प्राप्त गरिसकेका छन् । कम्पनी रजिस्टारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त गरेसँगै एकीकृत कारोबार शूरु गर्ने मिति समेत तय भएको छ ।

यही वैशाखको १९ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने पूर्वतयारी अनुसार नै काम अघि बढेको बताइएको छ । मर्जरपछि दुवै बैंकको स्वाप रेशियो एक अनुपात एक नै तोकिएको छ ।

एनआइडीसी बैंकका शेयर धनीले पनि मर्जरपछि बन्ने वाणिज्य बैंकमा हाल एनआइडीसीमा कायम शेयरसंख्या बराबर नै शेयर प्राप्त गर्नेछन् । यसका साथै वाणिज्य बैंकको शेयर लिन नचाहने शेयरधनीले चाँहि एनआईडीसीको प्रतिकित्ता शेयर बराबर एकमुष्ठ ४ हजार ४ सय ८४ दशमलव ३ रुपैयाँ प्राप्त गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !