१० पुस २०८१, बुधबार

‘महाभूकम्पको संविधानयात्रा’ विमोचित


Sahitya Akademi Award

३ वैशाख, काठमाण्डौ । साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खलाअन्तर्गत शनिबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रा डा भरतबहादुर कार्कीद्वारा लिखित ‘महाभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रह लोकार्पण गरिएको छ ।

कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कानुनका क्षेत्रमा ज्यादै महत्त्वपूर्ण योगदान गर्नुभएका स्रष्टाको अन्तरमनको संवेदनशीलतालाई २०७२ को भूकम्प र त्यसपछि निर्माण भएको संविधानले उजागर गरिदिएको बताउनुभयो ।

समालोचक डा नेत्र एटमले कानुनविज्ञ प्रा डा कार्कीले संविधानको निर्माण हुनु भनेको विध्वंस व्यहोरेपछिको सकारात्मक निर्माण भएको र त्यो सुन्दर निर्माणलाई पचाउन नसकेर नाकाबन्दी लादेको सन्दर्भलाई कवितामा उजागर गरेको बताउनुभयो ।

कविकी जीवनसङ्नी विमलाले कविता प्रकाशनमा अशक्त अवस्था भए पनि सहयोग गर्न पाएको बताउनुभयो । सो अवसरमा नियात्राकार पोष चापागाईँले नियात्राकार देवकी केसीलाई रु एक हजार पुरस्कार अर्पण गर्नुभयो ।

गोष्ठीमा बालकवि प्रलिसा अधिकारी, कवि कणाद महर्षि, भारती न्यौपाने, बालाकृष्ण अधिकारी, विजया बस्नेत, ओमप्रसाद कोइराला, रश्मि रिमाल, तारा गाउँले, चूडा निर्भीक, मुकुन्द न्यौपाने, अभ्यस्त यात्री, डा विदुर चालिसेलगायतले आआफ्नासमसामयिक कविता, गीत र गजल वाचन गर्नुभएको थियो । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेल र कोषाध्यक्ष गोपालकुमार मैनालीले स्रष्टाले सधैँ खबरदारी गर्नुपर्र्नेमा जोड दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !