१३ आश्विन २०८१, आइतबार

काठमाडौं ट्रेड युनियन कांग्रेसमा भुसाल निर्वाचित


३० चैत, काठमाण्डौ ।  नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन् ।

युनियनको छैँटौँ जिल्ला अधिवेशनको भर्खरै सम्पन्न मतगणनाअनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले पछि पार्दै निर्वाचित भएको निर्वाचन अधिकृत जयराम श्रेष्ठले राससलाई जानकारी दिए ।

यस्तै, उपाध्यक्ष खुल्लामा ईश्वरकृष्ण घिमिरे, महिला उपाध्यक्ष तारादेवी केसी, सेवा उपाध्यक्ष धनप्रसाद पौडेल, उत्पादन उपाध्यक्ष उदयबहादुर लामा, उपाध्यक्ष अनौपचारिक योगेश केसी, सचिव विष्णुप्रसाद कोइराला, सहसचिव प्रह्लाद फुयाँल र राजनकुमार कार्की, कोषाध्यक्ष विमल तिमल्सेना र सहकोषाध्यक्षमा मोनिका तामाङ विजयी भए ।

यसैगरी सदस्यमा उत्तम पौडेल, गणेश धिताल, गिरिराज अर्याल, धर्मसागर ढकाल, प्रभुदास न्यौपाने, गीता भट्टराई, नरमाया तिमल्सेना, सिर्जना अर्याल र याञ्जुदेवी दाहाल विजयी भएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।
झण्डै दुई हजार ४०० मतदाता रहेको ट्रेड युनियन काठमाडौँमा एक हजार ६८९ मत खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !