२९ चैत, काठमाण्डौ । सनराइज बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
सनराइज बैंक लिमिटेडको २०७४ पुस ३ गते सम्पन्न दशौ बार्षिक साधारणसभाबाट विशेष प्रस्ताव पारित गरेको छ ।
विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५ प्रतिशत दरले हुने १,०६,३३,७६८.५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटे(नेप्से)को चैत २८ गतेको निर्णयअनुसार सूचिकरण भएको बैंकले जनाएको हो ।
बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब १५ करोडभन्दा बढी भएको छ ।