१३ आश्विन २०८१, आइतबार

सशस्त्रका आईजीपी श्रेष्ठसहित एआईजी शाही र ओझाको विदाइ


igp

२८ चैत, काठमाण्डौ । सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) सिंहबहादुर श्रेष्ठसहित अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) प्रेमबहादुर शाही र प्रकाश ओझाको बुधबार दिउँसो विदाइ गरिएको छ ।

सशस्त्रका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बाबुराम पाण्डेले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे औपचारिक समारोहका वीच उनीहरुको विदाइ सम्पन्न भएको छ ।

नवनियुक्त आईजीपी शैलेन्द्र खनालले उनीहरुलाई फुलमाला र खादा लगाएर विदाइ गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा संगठनले आगामी दिनमा थप गति र उचाई हासिल गर्ने विश्वास व्यक्त गर्दछु ।

नवनियुक्त महानिरीक्षक खनालले संगठनको विकास र प्रगतिमा अग्रज नेतृत्व वर्गवाट भएको योगदानको प्रशंसा गर्दै पूर्वज नेतृत्व वर्गले गरेका उत्कृष्ट कार्यलाई आत्मसाथ गर्दै उनीहरुवाट प्राप्त सहयोग, सदभाव, मार्गदर्शन र प्रेरणाले आउँदा दिनमा संगठनले थप उपलब्धि हासिल गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !