२५ चैत, रुपन्देही । बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ ।
बुटवल उप – महाननगरपालिका , सिद्धार्थनगर नगरपालिका , तानसेन नगरपालिका र परासी नगरपालिकाका दमकल , नेपाली सेना , ससस्त्र प्रहरी , नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आए पनि क्षतिको पुरा विवरण आउन समय लाग्ने बताइएको छ ।
बिहान चार बजेदेखि सुपर मार्केटको सबैभन्दा माथिको तल्लाबाट आगो लाग्न सुरु भएको थियो । आगलागी भएको भाटभटेनीको मुख्यमन्त्री शंकर पोखरेलले अवलोकन गर्नुभएको छ ।
गएको बैशाखबाट बुटवलमा भाटभटेनी सुपरमार्केटले आफ्नो व्यवसाय सुरु गरेको थियो ।