१३ आश्विन २०८१, आइतबार

अर्चना पनेरुका अमेरिकी पतिलाई लागूऔषध मुद्दा चलाइने


archana and her husband

२४ चैत, काठमाण्डौ । गाँजासहित पक्राउ परेका अर्चना पनेरुका पति अमेरिकी नागरिक वुल्फ प्राइसलाई प्रहरीले लागूऔषधमा मुद्दा चलाउने तयारी गरेको छ । काठमाण्डौको बलम्बुस्थित एक घरवाट उनलाई प्रकाउ गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौको प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाका अनुसार उनलाई लागूऔषध मुद्दा चलाइनेछ । प्रहरीले निजको साथवाट २०० ग्राम गाँजा र यौन उत्तेजना बढाउने औषधि बरामद गरेको थियो । पोर्न स्टार बन्छु भनेर चर्चामा आएकी अर्चना पनेरूसँग प्राइसले विवाह गरेको तस्वीर सार्वजनिक भएको थियो ।

अर्चना र प्राइसले विवाहको पहिरनमा फोटो खिचाएका थिए । अर्चना भड्किलो पोशाक र उत्ताउलो अभिव्यक्तिका कारण चर्चा र विवादमा आउने गरेकी थिइन् । प्राइस बस्दै आएको घरबाट १२ वर्षका दुई बालकलाई पनि प्रहरीले उद्दार गरेको छ । उद्दार गरिएका दुवै बालक चितवनको खैरहनीका भएको प्रहरीले जनाएको छ । आजको थाहा खबरमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !