१७ असार २०८१, सोमबार

खेलको मान्यतामा निरन्तर अगाडि बढ्न प्रचण्डको आग्रह


प्रचण्ड

२३ चैत, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार अन्तर्राष्ट्रिय टेबल टेनिस दिवसको अवसरमा टेबल टेनिस एससिएसन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यको लागि, राष्ट्रको लागि, समृद्धिको लागि र सभ्य समाजको लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।

प्रचण्डले आफू हाइस्कूलमा पढ्दा फुटबल, हाइस्कुल सकेपछि भलिबल र बिएस्सी पढ्दा टेबुल टेनिस खेल्न थालेको र अहिले पनि टेबुल टेनिस खेल्ने गरेको अनुभव सुनाउदै प्रचण्ड भने, ‘एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकताबद्ध गर्नका निम्ति पनि खेल क्षेत्र असाध्यै महत्वपूर्ण र संवेदनशील हुन्छ । ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु