१३ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओली दिल्ली जानुअघि एकसाथ ३० सचिवको सरुवा


Prime-Minister-and-Council-Minister

२३ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि एक साथ ३० जना सचिवहरुको सरुवा भएको छ । निजामती तहको माथिल्लो तहमा व्यापक हेरफेर गर्ने क्रममा ओली सरकारले अधिकांश मन्त्रालयका सचिवहरुको फेरबदल गरेको हो ।

सरकारले गृहमन्त्रालयमा प्रधानमन्त्रीको कार्यालयमा रहेका प्रधानमन्त्रीको कार्यालयका सचिव प्रेमकुमार राईलाई पठाएको छ । गृहमा रहेका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ । त्यसैगरी शिक्षा मन्त्रालयमा खगराज बराललाई लगिएको छ भने शिक्षाका मधु रेग्मी सार्वजनिक खरिद कार्यालयमा पुगेका छन् ।

कृषिमन्त्रालयका सचिव विश्वनाथ ओलीलार्य वन वातावावरण मन्त्रलायमा सरुवा गरिएको छ । राष्ट्रिय योजना आयोगको कार्यालयमा प्रधानमन्त्रीको कार्यालयबाट शरदचन्द्र पौडेललाई पठाइएको छ ।

अर्थ मन्त्रालयको जिम्मेवारी राजन खनाललाई दिइएको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा थिए । सरकारले अख्तियारमा सार्वजनिक खरिदको कार्यालयबाट महेश्वर न्यौपानेलाई पठाएको छ । त्यसैगरी खानेपानी मन्त्रालयमा कृष्णराज बिसीलाई सरुवा गरिएको छ भने खानेपानीका सचिव गजेन्द्र ठाकुरलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

सरकारले सिचाइँ मन्त्रालयमा सचिव सञ्जय शर्मालाई पठाएको छ । त्यस्तै उपराष्ट्रपतिको कार्यालयबाट लालशंकर घिमिरेलाई प्रमको कार्यालयमा सरुवा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !