२१ चैत, काठमाण्डौ । सिरहाको कल्याणपुर नगरपालिकाका शाखा अधिकृत वासुदेव यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील पक्राउ गरेको छ ।
गएको चैत ४ गते २० हजार रुपैयाँ घुस लिँदा–लिँदै पक्राउ परेका नगरपालिकाका नायब सुब्बा जयराम चौधरीसँगको बयानका आधारमा यादव पनि दोषी देखिएको उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
पक्राउ परेका शाखा अधिकृत वासुदेव पाण्डेबारे थप अनुसन्धान भैरहेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो ।