१२ असार २०८१, बुधबार

जनता बैंकको बोनस पाउन कर तिर्नुपर्ने


bonus share

१८ चैत, काठमाण्डौ । जनता बैंकले गत असार ३० गते पश्चात सेयर खरिद गरेका सेयरधनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरिएको १४.४० प्रतिशत बोनस सेयर प्राप्त गर्न बोनस सेयर वापत लाग्ने कर तिर्नुपर्ने जनाएको छ ।

जनता बैंकले पुस २८ गते सम्पन्न आठौं बार्षिक साधारण सभाका लागि गते सेयरधनी किताब बन्द गरेको थियो । यस अनुसार चालु अर्थिक वर्षको असार मसान्त पछि र सेयरधनी किताब बन्द हुनुभन्दा अगाडि पुस १० गतेसम्म सेयर खरिद गरेर बोनस पाउन योग्य सेयरधनीले बोनस सेयर बापत लाग्ने कर बुझाउनुपर्ने हुन्छ ।

यस्तो कर जनता बैंकको खाता २३६००००१९ मा तथा बैंकको सेयर रजिष्ट्रार काठमाण्डौं क्यापिटलको ज्योति विकास बैंकमा रहेको खाता नम्बर ००१००१०००९०४५८०००००१ मा जम्मा गरि सो भौचर सहित काठमाण्डौं  क्यापिटलमा बुझाउनुपर्नेछ ।

बोनस सेयर वापत लाग्ने कर जम्मा गर्नुपर्ने सेयरधनीको विवरण बैंक र क्यापिटलको दुबैको वेवसाइटबाट हेर्न सकिने जनाइएकाे छ ।

असार मसान्त भन्दा अगाडि सेयरधनी रही बोनस पाउन योग्य रहेका सेयरधनीले बोनसमा लाग्ने कर तिर्नुपर्ने नभएकाले सिडिएस एण्ड क्लियरिङ्गमा बोनस सूचीकृत भएपश्चात सेयरधनीको हितग्राही खातामा नै पठाइने बैंकको सेयर रजिष्ट्रार काठमाडौं क्यापिटलले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !