६ जेष्ठ २०८१, आइतबार

कटारी गोल्डकपको उपाधि झापा–११ ले चुम्याे


१७ चैत, उदयपुर । उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपको उपाधि झापा–११ ले जितेको छ ।

शनिबार भएको चौथो संस्करणअन्र्तगतको फाइनलमा संकटालाई टाइब्रेकरमा ४–२ ले पछि पार्दै झापाले उपाधि चुमेको हो । जितसँगै झापाले नगद ५ लाख र ट्रफी हात पारेको छ भने उप–विजेता संकटाले नगद २ लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो । झापाका लागि टाइब्रेकरमा कर्ण लिम्बू, विशाल गुरुङ, प्रवेश गुरुङ र विकास थुलुङले गोल गरे भने योगेस गुरुङले प्रहार गरेको बल बाहिरियो ।

त्यसैगरी संकटाका लागि हेमन्त थापामगर र विश्व अधिकारीको प्रहार मात्रै गोलमा परिणत भएको थियो भने अजित गुरुङले र सुजन बिकको प्रयास बाहिरिएको थियो । खेल अवधिमा दुवै तर्पmबाट गोल हुन सकेन । निर्धारित ९० मिनेटको खेलमा दुवै पक्षले गोल गर्न नसकेपछि खेल १५ मिनेट थप गरिएको थियो ।

थप समयमा पनि कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पहिलो हाफमा संकटाका लागि हेम थापा मगरले प्रहार गरेको फ्रि–किक गोलपोष्टको बारमा लागेर फर्किएको थियो । प्रतिष्पर्धात्मक खेलमा संकटा र झापा दुवै टिमले आधादर्जन प्रहार गरे पनि गोल हुन सकेन् ।

गोल्डकपको उत्कृष्ट खेलाडी झापाका विकाश गुरुङ भए । उनले एउटा माउन्टेन साइकल प्राप्त गरेका छन् । त्यसैगरी उदीयमान खेलाडी कटारी–११, का प्रताप राई भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट गोलकर्ता संकटाका टम्पी अनेष्ट भए । उनले एक थान मोबाइल हात पारे । खेलमा म्याच अफ सिरिज झापाका निशान्त खड्का भए । उनले नगद ५ हजार रुपैयाँ हात पारे ।

उत्कृष्ट गोल रक्षक झापका मनोज प्रधान, उत्कृष्ट डिफेन्स संकटाका सुरज बिश्वकर्मा र उत्कृष्ट मिडफिल्डर संकटाका विश्व अधिकारी भए उनीहरुलाई क्रमश: एक/एक थान मोबाइल प्रदान गरियो ।

गएको शनिबारदेखि सुरु गोल्डकपमा डिभिजन लिग खेलिसकेका टिमहरुसहित ८ टिमको सहभागिता रहेको थियो । प्रथम कटारी गोल्डकप पनि झापा–११, नै कब्जा गरेको थियो । विजेता र उप–विजेतालाई कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र आयोजकका अध्यक्ष बिनोद कटुवालले पुरस्कार हस्तान्तरण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !