१६ चैत, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाका एक युवाले आमासँग सामान्य विवाद हुँदा आमाको घरमा आगो लगाएका छन् ।
उदयपुरगढी गाउँपालिका वडा नं. ६ धप्पर बस्ने २५ वर्षीय छत्रबहादुर सार्कीले ५० वर्षीय आमा सुनमाया सार्कीसँग घरायसी विषयमा सामान्य विवाद हुँदा शुक्रबार बिहान ९ बजे घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आगलागीवाट सार्कीको दुई वटा घर, गोठ जल्दा २ लाख ५० हजार बराबरको क्षति भएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । आगो लगाएर फरार भएका सार्कीको खोजी भैरहेको भट्टले बताउनुभयो ।