५ जेष्ठ २०८१, शनिबार

एनसेल टावरमा आगजनी गर्ने पक्राउ


१६ चैत, इलाम । एनसेल टावरमा बिहीबार आगजनी गरेको आरोपमा इलाममा दुईजना पक्राउ परेका छन् ।

इलाम नगरपालिका –१, साखेजुङमा रहेको टावरमा बिहीबार आगजनी गराएको आशङ्कामा त्यसै स्थानका स्थानीय दुई युवालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

आगजनी गरेको आशंकामा प्रहरीले किरात मुक्ति मोर्चा इलामका अध्यक्ष विशाल राई र विमल राईलाई नियन्त्रणमा लिएको छ । विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता रहेकाे आरोपमा अध्यक्ष विशाल रार्इ गएको मंसिर २१ गतेको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा समेत पक्राउ परेको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवै जनासँग आगजनीबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । आगलागीबाट टावरकाे जेनेरेटर, टावर, मेसीन र तारमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !