११ पुस २०८१, बिहीबार

मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप सुरु


९ चैत, रूपन्देही । बुटवलमा मोफसलकै सर्वाधिक पुरस्कार रहेको मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

तेस्रो संस्करणको मदनभण्डारी गोल्डकपको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गोल्डकपको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले नगद ७ लाख ५० हजार प्राप्त गर्ने छ ।

प्रतियोगितामा मलेसियाको हिमालय फुटबल क्लब, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थ्री स्टार क्लबसहित १० टिमको सहभागीता रहने आयोजकले जनाएको छ ।
खेल दिउँसो २ बजेपछि बुटबलको रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी पाँच नम्बर प्रदेश कमिटिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !