१३ आश्विन २०८१, आइतबार

राष्ट्रवादी विद्यार्थी संघ आर्क न. २ को प्रशिक्षण बैठक सम्पन्न


rashtabad

३ चैत, काठमाण्डौ । राष्ट्रवादी विधार्थी संघ आर्क न.२ को प्रशिक्षण बैठक सम्पन्न भएको छ ।

राष्ट्रवादी विधार्थी संघका केन्द्रीय अध्यक्ष तारा प्रसाद अर्यालले बैठकलाई सम्बोधन गर्दै अरु देशहरुले आइफोन बनाएर बेच्छन्, मोटरसाइकल बनाएर बेच्छन् तर हाम्रो देश नेपालले छानीछानी नेपाली युवाहरुलाई प्रत्येक दिन दुई हजार मानिसहरु वेचिरहेको बताए । उनले भने, भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुर भुक्दैन । राष्ट्रवादी विधार्थी संघ टोक्ने कुकुर हो । त्यसैले हामि भुक्दैनौ ।

एड-मार्क एकेडेमी क्याम्पस कलंकीमा बसेको बैठकमा राष्ट्रवादी कानुनका अध्यक्ष स्वागत नेपाल,हास्यकलाकार शंकर श्रेष्ठ तथा विभिन्न क्याम्पसका विधार्थीहरु उपस्थिति थियो ।

सम्पूर्ण नेपालीहरुलाई स्वदेशमै रोजगार मासिक न्यूनतम तलब तिस हजारको सुनिश्चितता,माटो सुहाउदो शिक्षा प्रणाली लागु,शैक्षिक प्रमाणपत्रलाई धितोको रुपमा स्वीकार गर्नुपर्ने जस्ता विभिन्न एजेन्डाहरु रहेको राष्ट्रवादी विधार्थी संघका केन्द्रीय सचिव अनिल राना थारुले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !