७ मंसिर २०८१, शुक्रबार

पर्यटन व्यवसायी र मजदूरलाई खोप, एक करोडको राहत प्याकेज


सिनोभ्याक्स

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदूरलाई खोप लगाउन सहजीकरण गर्ने बताउनुभएको छ ।

नवनियुक्त मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको पुनःउत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पर्यटन व्यवसायीका लागि रु एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गर्नुभएको छ ।

पदभार ग्रहण लगत्तै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । कर्मचारी नै स्थायी सरकार रहेको उल्लेख गर्दै उहाँले सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रम¬ख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुलशर्मा पौडेल लगायतले मन्त्री शर्मालाई स्वागत गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !