२९ फागुन, काठमाण्डौ । बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउने भएका छन् ।
सोमबार भएको यूएस विमान दुर्घटना बारे जानकारी लिन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।
विमान दुर्घटनामा २२ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो भने केही घाइते छन् । घाइतेहरुको काठमाण्डौको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
सोमबारै प्रधानमन्त्री केपी ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए । यो समाचार अनलाइन खबरमा छ ।