४ जेष्ठ २०८१, शुक्रबार

रिहाईको लागि पहल गर्न चौधरीको आग्रह


Resam-Chaudhary

२७ फागुन, काठमाण्डौ । सांसद रेशम चौधरीले रिहाईको लागि पहल गर्न आग्रह गरेका छन् ।

आज बिहान वीर अस्पतालमा उपचाररत चौधरीलाई भेट्न पुगेका राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवसँग चौधरीले आफू रिहा भई सपथ लिन पाउनु पर्ने भन्दै यसमा सहयोग गर्न समेत आग्रह गरेका हुन् ।

यादवले आफूहरुले रिहाईका साथै सपथका लागि पहल गरिहरेको भन्दै सरकार यसबारे सकारात्मक रहेको बताएका थिए । यस्तै उनले टीकापुर प्रकरण राजनीतिक विषय भएकाले अनावश्यकरुपमा तन्काइन नहुने र सपथ लिन पाउनेमा ढुक्क हुन आश्वासन दिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !