४ असार २०८१, सोमबार

मनोक्रान्तिले जावालाखेमा विशेष कार्यक्रम आयोजना गर्ने


Manokranti Press meet

२३ फागुन, काठमाण्डौ ।  मनोक्रान्ति सेन्टरले यही फागन २६ गते आफ्नो स्थापनाको ३१ औं वर्ष मनाउने क्रममा ललितपुरको जावालाखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।  ‘अध्यात्म, स्वास्थ्य, र सफलता’ लाई आफ्नो अभियानको रुपमा बिकसित गरी विभिन्न आरोह–अवरोहरुलाई पार गर्दै मनोक्रान्ति केन्द्र ३१ औं वर्षको यात्रा गर्न सफल भएको पनि आयोजकले जनाएको छ ।

२६ गते हुने कार्यक्रमको लागि जानकारी दिनको लागि आज रिपोर्टर्स क्लब नेपालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मनोक्रान्तिका डा. योगी विकाशानन्दले स्वस्थ जीवनका लागि योग र ध्यान अनिवार्य रहेको सुनाए ।
उनले नेपालीहरु योग तथा ध्यानको लागि भारतबाट बढि प्रभावित भएकोमा गुनासो पोखे । उनले थपे,‘नेपालमै पनि योग र ध्यान सिकाउने क्षमतावान व्यक्तित्वहरु हुनुहुन्छ, तर हामी भारतीय संस्कृतिको प्रभावमा पर्यौं, यसलाई अन्त्य गर्नुपर्छ।’

ध्यानले हरेक समस्याहरुको समाधान गर्ने उल्लेख गर्दै डा. योगीले थपे,‘ध्यानले लोभी पापी हुनबाट मुक्त बनाउँछ, दानी बनाउँछ, सकारात्मक बाटोतर्फ हिँड्न डोर्याउँछ, शरिरबाट सकारात्मक उर्जा उत्पादन गर्न मद्दत गर्छ ।’ योग तथा ध्यानले आवेग, उत्तेजना तथा आक्रोश, क्रोध बाट मुक्त गराउने पनि उनको विश्वास थियो ।

त्यस्तै कार्यक्रममा मनोक्रान्तिका महासचिव डा. सुवार घिमिरे, कार्यक्रम संयोजक विनोद पुरुष न्यौपाने लगायतले २६ गते हुने कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
संसार बदल्नको लागि आँफै बदल्नुपर्छ भन्ने सेन्टरको मुल नारा छ । सयौंको संख्यामा युवाहरुले पाँच बर्षे साधना सँगै महिनौं सम्मको भू–तपस्या, सिसा नृत्य, अग्नि नृत्यहरुको सफल परिक्षण एवम् प्रर्दशनी गरी योगमा विश्व किर्तिमान पनि राख् सकेको सेन्टरले जनाएको छ ।

मनोक्रान्तिबाट दिक्षित युवाहरु देश तथा विदेशका विभिन्न क्षेत्रहरुमा सुपर लर्निङ, मोटिभेसन तथा योग विज्ञानका विभिन्न कार्यक्रमहरु लिएर फैलिएको पनि सेन्टरले विश्वास दिलाएको छ ।

सेन्टरद्धारा जारी प्रेस वक्तव्यमा भनिएको छ,‘तीन दशक पार गर्दै यो ३१ औं वर्ष सम्म आईरहँदा मनोक्रान्तिप्रेमी सम्पूर्ण नेपाली दाजुभाई, दिदिविहिनी, आमाबुबाहरुलाई केही फरक, रोचक र जीवन परिवर्तनका महत्वपूर्ण प्रसादहरु पस्कन सकिन्छ की भन्ने अभिप्रायले यही फागुन २६ गते शनिबार विहान ७ः३० बजेदेखि १०ः३० सम्म जावालाखेल खेल मैदान ललितपुरमा हामी एक बृहत्त जमघट गरिरहेका छौं।’

उक्त कार्यक्रमको उद्धघाट्न भने मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले गर्ने पनि आयोजकले जनाएको छ । त्यस्तै कार्यक्रमको चर्चित अनुहारको उपस्थितिमा डा. योगी विकाशानन्दले प्रशिक्षण दिने पनि आयोजकले जनाएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ,‘काठमाडौं उपत्यकामा बसोबास गर्ने हरेक बर्गका व्यक्तिहरुलाई लक्षित गरी गर्न लागिएको यस कार्यक्रममा विशेषतः स्वास्थ जीवनका लागि योग ध्यान, सफलता शास्त्र र स्मरण शक्तिका लागि सुपर लर्निङमा आधारित कार्यक्रमहरु हुनेछन्।’ त्यस्तै यी कार्यक्रका साथै थप मनोरञ्जका निमित्त साँगितिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने जनाईएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !