१२ असार २०८१, बुधबार

आर्थिक एजेण्डामा केन्द्रित हुन सभापति धमलाको निर्देशन


Rishi Dhamala

२३ फागुन, जनकपुर । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर २ को बृहत्त भेला आज सम्पन्न भएको छ । क्लबका केन्द्रिय सभापति ऋषि धमलाले मुलुक संघीय संरचनामा गइसकेकाले अब मिडियाले पनि सोहीअनुसार आफ्नो गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । धमलाले प्रदेश सभालाई बलियो बनाउनको लागि मिडियाले अब आर्थिक एजेण्डालाई उठान गर्नुपर्ने बताए ।

धमलाले भने,‘समृद्धिशाली प्रदेश निर्माणको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्छ, विकासमुखी पत्रकारिता हुनुपर्छ, अबविकृति र विसंगतीको अन्त्य गर्नुपर्छ, भ्रष्टाचार शुन्य सहनशिलतामा झार्नुपर्छ, क्लबले पनि अब आफूलाई यहीअनुसार प्रस्तुत गर्नुपर्छ ।’

त्यस्तै उनले प्रदेश नम्बर २ रिपोर्टर्स क्लब नेपाललाई सशक्त र व्यापक बनाउने योजनासहित काम गर्ने तिर लाग्नुपर्ने धारणा राखे । २ नम्बर प्रदेशमा रहेका ८ वटै जिल्लाका क्लब शाखाहरुले आफ्नो गतिविधिलाई अब आर्थिक समृद्धिको एजेण्डा बनाउनुपर्ने उनले सुझाए ।

प्रदेश नं २ का सबै जिल्लालाई समेटने र प्रभावकारी बनाउनेगरी बख्तियार अलिको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय प्रदेश समिति गठन गरेको छ । सदस्यमा प्रदेश नं २ का कोषाध्यक्ष अभिमनुकुमार पटेल, पर्साकाकन्हैया गुप्ता, बाराका सफिर मन्सर, महोतरीका सुरेश महतो, धनुषाका गणेश राय र सिरहाका गणेश साहलगायत रहेका छन ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !