२३ फागुन, काठमाण्डौ । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।
सुन बुधबार तोलाको ५८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलाको ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी बुधबार तोलामा १० रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तराष्ट्रिय बजारमा महंगो भएकाले नेपालमा पनि मूल्य बढेको महासंघले जनाएको छ ।