६ जेष्ठ २०८१, आइतबार

साल्ट ट्रेडिङले  बोनस शेयर र नगद लाभांश दिने 


Salt trading Concern

२३ फागुन, काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशनले आव २०७३/७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पोरेशनले आव २०७३र७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो ।

कर्पोरेशनको मंगलबार सम्पन्न ५१औँ साधारणसभाले सो निर्णय गर्दै आगामी वर्षदेखि काठमाडौँलगायत मुख्य शहरमा पेट्रोलियम पदार्थको करोवारका लागि पम्प सञ्चालन, तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी समेत दिएको छ ।

कर्पोरेशनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ । कर्पोरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ ।

साधारणसभामा कर्पोरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले अगामी दिनमा आमउपभोक्तालाई गुणस्तरीय खाद्य तथा अन्य वस्तुको सरल र सहज वितरण गरिने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !