२० जेष्ठ २०८१, आइतबार

सुपरसिक्समा पुग्न नेपालले ३ खेलमा २ जित्नैपर्ने


Nepal-Cricket Team

२२ फागुन, काठमाण्डाै । जिम्बावेमा जारी एकदिवसिय विश्वकप छनोटमा नेपाल पहिलो खेलमा पराजित भएसँगै सुपर सिक्समा पुग्छ कि पुग्दैन भन्ने निकै चासो सबैलाई लागेको छ ।

छनोटको पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्छ की पुग्दैन भनेर विभिन्न आँकडाहरू निकाल्न थालिएको छ ।

जिम्बावेसँग सम्मानजनक हार ब्यहोरेको नेपालले अब सुपर सिक्समा पुग्न ३ खेलमा २ जित्नैपर्ने पर्ने हुन्छ ।
पराजित भएसँगै नेपालको नेट रनरेट –२.३२० रहेको छ । आइतबार नै भएको खेलमा आफगानिस्तानलाई पराजित गरेको स्कटल्याण्डको ०.३०८ नेट रनरेट रहेको छ । अहिले समूह बी को पुछारमा नेपाल रहेको छ । तर सम्भावना भने सकिएको छैन ।

समूह बीमा नेपालभन्दा सबै राष्ट्र अब्बल छन् । जिम्बावे र अफगानिस्तान टेष्ट नेशन राष्ट्र हुन् भने स्कटल्याण्ड र हङकङ एक दिवसीय मान्यता प्राप्त राष्ट्र हुन् । त्यसकारण पनि नेपाल कमजोर मानिएको हो ।

सुपर सिक्समा पुग्नका लागि नेपालले कम्तिमा पनि दुई खेल जित्नैपर्ने हुन्छ । अब नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा फागुन २४ गते बिहीबार स्कटल्याण्डसँग खेल्दैछ । त्यस्तै, दोस्रो खेलमा नेपालले २६ गते अफगानिस्तानसँग खेल्दैछ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङसँग फागुन २८ गते सोमबार प्रतिस्पर्धा गर्दैछ ।

सुपर सिक्समा पुगे नेपालले थुप्रै अवसरहरू प्राप्त गर्नेछ । नेपालको आगामी भविष्य यही प्रतियोगिताले तय गर्ने हुँदा नेपालको लागि यो विश्वकप भन्दा कम छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !