८ जेष्ठ २०८१, मंगलबार

अपराध गर्ने कसैलाई पनि नछाड्ने परिसर प्रमुख पोखरेलको दावी


bishworaj-pokhrel

१८ फागुन, काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाण्डौले अपराध गर्ने कसैलाई पनि नछाडिने बताएको छ । परिसरले अपराध अनुसन्धानका लागि सहयोग गर्न गोप्यरूपमा युवा परिचालन गरेको जनाएको छ ।

फागुन १३ गते सूचनाका लागि परिचालन गरेका दुईसयजना शिक्षित युवावाट सूचना आउन थालेको पनि परिसरप्रमुख एसएसपी विश्वाराज पोखरेलले बताएका छन् ।

पोखरेलले भने, ‘परिचालित युवावाट सामान्य अपराध प्रकृतिदेखि जघन्य अपराधका केही सूचना प्राप्त भएका छन्, त्यसको कार्यान्यन प्रकृयातिर लागेका छौँ ।’ पोखरेलले फागुन १३ गते पत्रकार सम्मेलनमार्फत शिक्षित २०० युवासँग सूचनाको लागि गोप्य सम्झौता गर्ने लागेको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !