६ जेष्ठ २०८१, आइतबार

नागरिक आरोग्यता सेवा केन्द्र स्थापना


बेँसीशहर नगरपालिका

लमजुङ । डुमे्र –बेँसीशहर सडक नजिकै लमजुङ बेँसीशहर नगरपालिका–२ भकुण्डेमा आरोग्यता सेवा केन्द्र स्थापना गरिएको छ ।

सङ्घीय सरकारको आर्थिक सहयोग तथा जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रको समन्वयमा आज उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र अन्तर्गत रहने गरी स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रको आज बँेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुभयो ।

नगर प्रमुख अर्यालले रोग लाग्न नदिने उपाय अपनाउँदै सकेसम्म शरीरलाई स्वस्थ राख्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अर्यालले आयुर्वेद विधिबाट गरिने उपचार सबैभन्दा प्रभावकारी विधि भएको र योसँगै गरिने योग र अभ्यासले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने भएकाले यसको फाइदा स्थानीयवासीलाई लिन आग्रह गर्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माले नागरिक स्वस्थ भएमा मात्र देशले समृद्धि हासिल गर्न सक्ने धारण राख्नुभयो ।

वरिष्ठ वैद्य प्रेमप्रसाद पौडेलका अनुसार नागरिक आरोग्य सेवा केन्द्र स्थापनासँगै निःशुल्क टिकट, ओपिडी, २३ प्रकारका निःशुल्क औषधि, नगरपालिकालाई रसायन औषधि, पञ्चकर्मा अन्तर्गत स्वेदन र स्नेहन तथा स्वास्थ्य शिक्षा जस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ ।

जिल्लाको सिफारिसमा सङ्घीय सरकारले लमजुङको ३ स्थानमा नागरिक आरोग्य सेवा केन्द स्थापना गर्नेमध्ये पहिलो पटक यस केन्द्र स्थापना गर्दै सञ्चालनमा ल्याइएको बताइएको छ । छिट्टै क्होलोसोथार गाउँपालिका–३ घलेगाउँ र दूधपोखरी गाउँपालिका–५ कोल्कीमा पनि सेवा केन्द्र स्थापना गर्ने तयारी भइरहेको वरिष्ठ वैद्य पौडेलको भनाइ छ । सङ्घीय सरकारको अनुदानको करीब रु २१ लाख बजेटबाट जिल्लामा चालू आवमा यससहित ३ वटा केन्द्र स्थापनका हुने भएको छ ।

सङ्घीय सरकारले जिल्लाका प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने लक्ष्य रहेको वरिष्ठ वैद्य पौडेलले बताउनुभयो ।

मस्र्याङ्दीलाई ओखरका बिरुवा वितरण

मस्र्याङ्दी गाउँपालिकालाई थिल सेल जातको(दाँते) ओखर पकेट क्षेत्रका रुपमा विकास गर्नका लागि साढे पाँच हजार वटा बिरुवा वितरण गरिएको छ । बेँसीशहर नगरपालिका–७ मा रहेको डिभिजन वन कार्यालय लमजुङले जिल्लामै पहिलो पटक यस गाउँपालिका ओखर पकेट क्षेत्रका रुपमा अघि बढाउने उद्देश्यले आज सो बिरुवा वितरण गरेको हो ।

उक्त बिरुवा वितरणसँगै गाउँपालिकाको– ९ भलामचौरमा कार्यालय प्रमुख पूणेश्वर सुवेदी, मस्र्याङदी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकलगायतले ओखर बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुरुआत गर्नुभयो । कार्यालय प्रमुख सुवेदीले गाउँपालिकाको उच्च मागलाई लक्षित गर्दै बिरुवा वितरण गरेको बताउनुभयो । व्यावसायिक रुपमा ओखर खेती गर्न चाहनेलाई प्राथमिकतामा राखेर गाउँपालिकालाई वितरण गर्न उहाँले आग्रह गर्नुभएको छ । जिल्लामा ओखरखेतीका लागि डिभिजन वन कार्यालयले पहिलो पटक यस खेतीको शुरुवात गर्न लागेको उहाँको भनाइ छ ।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष विकले गाउँपालिकाले व्यावसायिक रुपमा खेती गर्न सके आयआर्जनको बाटो हुने भएकाले किसानलाई व्यावसायीकतातर्फ लाग्नका लागि यसले ठूलो टेवा पुग्ने बताउनुभयो । व्यवसायी बन्न चाहने किसान, सामुदायिक वन, सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, सङ्घ संस्थालाई पनि वितरण गरिने उहाँको भनाइ छ ।
बैतडी जिल्लाबाट ल्याएको नर्सरीबाट बिरुवा खरीद गरी निःशुल्क वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । एघार हजार बिरुवा जिल्लामा ल्याएकोमा पाँच हजार ५५ बाँकी रहेको र ती बिरुवा आज भोलि क्व्होलोसोथार गाउँपालिकालाई हस्तान्तरण गरिने उक्त कार्यालय प्रमुख सुवेदीको भनाइ छ । रु चार लाख ७५ हजारमा बिरुवा खरीद गरेर ल्याएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि पाँच लाख बजेट थियो ।” ओखर जिल्लामा समुद्री सतहदेखि १५०० मिटरदेखि २५०० मिटर उचाइसम्म खेती गर्न उपयुक्त हुने उक्त कार्यालयले जनाएको छ ।

त्यस्तै, राम्रो स्याहार सुसार गरेमा बिरुवा लगाइएको चार पाँच वर्षबाट फल दिन शुरु गर्ने बताइएको छ । ओखर बहुउपयोगी हुन्छ । तिहारमा समेत यसको प्रयोग गरिन्छ । बिरुवाले फल दिने र काठबाट ठेकीलगायतका सामग्री तयार पारिन्छ । साथै यसको पहेँलो बोक्राबाट पहेँलो रङ बनाउन मिल्ने कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । कार्यालयले जिल्लाको तल्लो भेगका लागिसमेत आवश्यक बिरुवा वितरण गर्ने तयारी गरेको छ । सो क्षेत्रमा बिरुवा लगाउनका लागि रु १५ लाख बजेट रहेको कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !