१२ आश्विन २०८१, शनिबार

चक्रे मिलनलाई सफाई दियो


chakremilan

१० माघ, काठमाण्डौ । सरकारले कुनै पनि प्रमाणवाट पुष्टि गर्न नसकेको भन्दै चक्रे मिलन गुरुङलाई विशेष अदालत काठमाण्डौले सम्पत्ती शुद्धीकरणको मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलाशले चक्रे मिलन र श्रीमती इन्दिरा घले गुरुङलाई ७ करोड ८१ लाख ७ हजार २ सय ६५ रुपैयाँ ४१ पैसा सम्पत्ती शुद्धीकरण (मनि लाउड्रिङ)मुद्दामा सफाइ दिएको हो ।

सरकारले प्रमाणवाट पुष्टि गर्न नसकेकाले मिलन गुरुङ र उनकी पत्नी इन्दिरालाई सफाइ दिएको अदालतको फैसलामा उल्लेख छ । ०७० जेठ ५ गते गुरुङ दम्पती विरुद्ध सरकारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !