१८ पुस २०८१, बिहीबार

दलितमाथि विभेद कायमै


छुवाछूत File Photo

अमरगढी । डडेल्धुरामा अझै पनि दलितमाथि विभेद कायमै रहेको छ । जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका– ३ स्थित घटालथान रहेको मसानघाटमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै ठाउँ बनाइएको शिक्षक भक्तबहादुर विकले बताउनुभयो ।

वडा नं ७ र ८ स्थित शैलेश्वर महादेव मन्दिर नजिकै रहेको सल्लगडा मसानघाटमा पनि पहिल्यैदेखि फरकफरक ठाउँमा बनाइएको घाट अहिले पनि कायमै रहेको स्थानीयवासी इन्दिरा ताम्राकारले बताउनुभयो । बाहुन, क्षेत्रीलगायत जातका मानिसका लागि फरक ठाउँमा छ भने दमाई, कामी र सार्की समुदायमा पर्ने दलितका लागि दाहासंस्कार गर्न फरकफरक मसानघाट बनाइको उहाँले बताउनुभयो ।

जिल्लामा दलित समुदायको क्षेत्रमा राज्य र गैरराज्य पक्षबाट वर्षेनी करौडांै रकम विभिन्न सङ्घसंस्थामार्फत लगानी गरिए पनि खासै परिवर्तन हुन नसकेको उहाँको भनाइ छ । जातका आधारमा मृत्युपछि पनि गरिँदै आएको सामाजिक विभेद अन्त्य नहुनु दुखद भएको दलित अगुवा लक्ष्मी कामीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !