१२ आश्विन २०८१, शनिबार

भूकम्प प्रभावितहरु अनुदानवाट वञ्चित


rastiya punarnirman

४ माघ, काठमाण्डौ । नुवाकोटमा भूकम्प पिडितले सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन् ।

विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता रकम लिएकालाई यो वर्षको पुस मसान्तसम्म दोस्रो किस्ता प्राप्त गर्न घरको जग बसाल्नुपर्ने भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको समयमा करिब आधामात्र आवास निर्माणको प्रक्रियामा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

इकाइका अनुसार पुस मसान्तसम्म नुवाकोटका ३० हजार ६०५ घरधुरीलेआवास निर्माण सुरु गरेका छन् । अधिकांश लाभग्राहीले २०७३ साल पुस मसान्तभित्रै पहिलो किस्ता रकम लिएर पनि आवास निर्माण शुरु नगरेकाले बाँकीले सरकारी अनुदान पाउनवाट वञ्चित हुने देखिएको हो ।

पहिलो किस्ता अनुदान लिएर घर बनाउन थालेका लाभग्राहीले तोकिएको मापदण्ड (भवन निर्माण संहिता) पूरा गरेमा थप किस्ता रकम पाउनयोग्य ठहरिने इकाइ प्रमुख विदुर खड्काले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !