१३ आश्विन २०८१, आइतबार

सेना आफैँले बनाउने भयो द्रुतमार्गको डीपीआर


nepali sena

२ माघ, काठमाण्डौ । काठमाडौं-निजगढ द्रुतमार्गको विस्तृत परियोजना (डीपीआर) नेपाली सेनाले आफैँले बनाउने भएको छ । नेपाली सेनाले मंगलबार सैनिक मुख्यालय भद्रकालीमा पत्रकार सम्मेलन गर्दै काठमाडौं–निजगढ द्रुतमार्गको डीपीआर आफैँले बनाउने जानकारी गराएको हो ।

भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार परेको डीपीआर महँगो भएपछि नेपाली सेना आफैँ डीपीआर बनाउन अगाडि सरेको हो । डिटेल इन्जिनियरिङ गर्न आह्वान गरिएको परामर्शदाताहरूबाट आवश्यक थप अध्ययन गराई आयोजनाको डीपीआर तयार गरिने आयोजनाका उपनिर्देशक सहायक रथी सूर्यप्रसाद खनालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !