१२ आश्विन २०८१, शनिबार

धनकुटामा प्रादेशिक राजधानीको माग गर्दै आम हड्ताल जारीनै


dhankuta

पुस २४, धनकुटा । प्रादेशिक राजधानीको माग राख्दै ६ दिनदेखिको आमहड्ताल आज पनि जारी रहेको छ । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनु पर्ने मुख्य मुद्दा बनाएका धनकुटावासीले झन्डै एक महिनादेखि आन्दोलन गर्दै आएका छन् ।

जिल्लामा पछिल्लो ६ दिनदेखि आमहड्ताल आव्हान गरिंदै आएको छ । हिजो अपरान्ह ५ बजेदेखि यातायात खुला गरिएपनि पुनस् आज बिहान ६ बजेदेखि बन्द आव्हान गरिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । बिहानदेखि भएको यातायात बन्द सॉझ ६ बजेसम्म कायम रहने श्रेष्ठले बताए ।

कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात बन्दको कारणले गर्दा चल्न सकेका छैनन् । उक्त बन्दका कारण धनकुटा भएर संखुवासभा, तेह्रथुम, भोजपुरतर्फ सञ्चालन हुने यातायात साधन समेत ठप्प रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !