काठमाडौँ, १६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कुबेतका अमिर शेख सवाह अल अहमद अल जावेर अल सवाहको निधन भएकामा शोक व्यक्त गर्नुुभएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले क्रमशः कुवेतका अमिर र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै शोक सन्देश पठाएर शोक प्रकट गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले त्यहाँका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सवाहलाई सम्प्रेषण गर्नुभएको सन्देशमा कुवेत सरकार, त्यहाँका जनता र राजपरिवारका सदस्यमा समवेदना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले अमिर दूरदर्शी राजनेता हुनुभएको र उहाँले क्षेत्रीय समझदारी र सहयोग प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।
यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना कुवेती समकक्षी शेख सवाह अल खालिद अल हमाद अल सबाहलाई पठाउनुभएको शोक सन्देशमा कुवेती अमिरको निधन भएकामा दुःख व्यक्त गर्दै उहाँको देहावसानबाट नेपालले शुभचिन्तक र सच्चा मित्र गुमाएको उल्लेख गर्नुभएको छ ।