लेखनाथ, २९ भदौ । “काकाकुल थियौंँ अभाव जलमा आतृप्त हामी थियौँ,
उपभोक्ताको सहयोग सञ्चय गरी निर्माण गरी लियौँ ।
हाम्रो प्राण बचाउने प्रकृतिको अमृत रुपी जल,
रक्षा गर्नुछ लेखनाथ भरिनै पानी छ यो निर्मल ।”
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अवधारणा पत्रमा उल्लेखित कविताको पङ्ति हो यो । कवितामा भने जस्तै उपभोक्ताको सहयोग सञ्चय गरी निर्मित खानेपानी आयोजनाले यतिखेर लेखनाथवासीलाई ठूलो राहत पु¥याएको छ ।
साविक लेखनाथका प्रत्येक घरधुरीमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यका साथ विसं २०५८ मा शुरु गरिएको खानेपानी आयोजना सम्पन्न भएपछि झण्डै एक दशकभन्दा अघिदेखि नियमित खानेपानी आपूर्ति भइरहेको छ । स्थानीयवासीको सहभागितासमेत नेपाल सरकारको झण्डै रु एक अर्बको लगानीमा खानेपानी आयोजना सम्पन्न भएको उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार व्यक्तिगत १२ हजार २८८ र सामुदायिक १०२ गरी कूल १२ हजार ३९० धारा जडान गरी लेखनाथका एक लाख ५० हजारभन्दा बढी जनसङ्ख्यालाई शुद्ध खानेपानीको सुविधा पुगेको छ । आर्थिक वर्ष २०७६। ७७ मा ५६३ नयाँ धारा जडान गरिएको थियो । सात तालको बगैँचा शहर लेखनाथको पूर्व कोत्रेदेखि पश्चिम विजयपुर, उत्तर राखि कालिका अर्चले हुँदै बेगनाससम्म ७८.९३ वर्ग किलोमिटर क्षेत्रफलमा पैmलिएको यो आयोजना नेपाल सरकारको साना शहरी विकास आयोजनाको पहिलो चरणका २९ वटा अन्तर्गत आठ वटा पाइलट प्रोजेक्टमध्येको दोस्रो ठूलो आयोजना हो । आयोजनाले हालको पोखरा महानगरपालिका वडा नं २६, २७, २९, ३०, ३१ र ३२ समेटेको छ ।
‘घर घरमा पानी सभ्यताको निशानी, आप्mनो घर आँगन टोल आपैm सफा राखांै भन्ने नाराका साथ क्रियाशील संस्थाले ‘मुहानदेखि मुखसम्म शुद्धपानी हामी उपभोक्ताको सरोकार र निगरानी’ का साथै घर घरमा हरियाली सबै कार्यालयमा फूलबारी भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै अघि बढ्को छ । आयोजनाबाट प्रतिदिन चार हजार १०७ घनमिटर सतह पानी र विभिन्न स्थानमा खनिएका आठ वटा बोरिङबाट पाँच हजार ६६८ घनमिटर पानी उत्पादन भई वितरण गरिँदै आएको संस्थाका सचिव मुरारी शर्माले जानकारी दिनुभयो ।
यस आयोजना अन्तर्गतप्रति व्यक्ति प्रतिदिन ८८ लिटर पानी खपत भइरहेको छ । उत्पादितमध्ये प्रतिदिन तीन हजार ४४९ घनमिटर (३५प्रतिशत) पानीको पैसा नउठ्ने गरेको संस्थाले जनाएको छ । संस्थामा हाल ३४ जना कर्मचारी कार्यरत रहेको उहाँको भनाइ छ । संस्थाले विभिन्न सामाजिक काम पनि सँगसँगै अघि बढाएको निवर्तमान अध्यक्ष बोधराज लामिछानेले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा संस्थाको तर्पmबाट विद्यालयस्तरीय कविता वक्तृत्वकला र तीज गीत प्रतियोगितालगायत कार्य सम्पन्न गरेको छ ।
नविनतम प्रविधिको प्रयोग गर्दै विद्युतीय भुक्तानी र विलिङ प्रणालीलाई कार्यान्वयनमा ल्याइएको संस्थाका नारायणी भट्टराई (रक्षा) ले जानकारी दिनुभयो । आगामी दिनमा स्मार्टमिटरको अवधारणासहित अघि बढ्नुपर्ने देखिएको उहाँले बताउनुभयो । पानीको शुद्धिकरणको लागि अत्याधुनिक फिल्टरको प्रयोगका साथै पानी शुद्धिकरण गर्ने कोलोरिनको प्रयोग र रफिङ फिल्टर प्रयोगमा आइसकेको संस्थाले जनाएको छ । शुद्धिकरणको मापनका लागि प्रयोगशालाको स्थापना भई प्रयोगमा आइसकेको उहाँको भनाइ छ । खानेपानी आयोजनाको सञ्चालनमा विद्युत्लाइन ट्रान्सफर्मरजन्य समस्याका साथै बोरिङ पानीको सतह घटने तथा जैविक प्रदूषण समस्याका रुपमा देखिएको जनाइएको छ ।
थाक खानेपानी योजनालाई एकीकृत गर्नुपर्ने भए पनि सरकारबाट आयोजना हस्तान्तरण गरिसकेको र उपभोक्ता संस्थाबाट व्यस्थित तवरले व्यवस्थापन हुन नसक्दा समस्या आएको अध्यक्ष बरालको भनाइ छ । मादी, इदी, थाक र चिप्ली मुख्य पानीका प्राकृतिक स्रोत रहेको आयोजनाले डाँडाको नाक, ज्यामिरेकुना, पण्डितथर, पैतेखराने, ढुङ्गेपाटन, विजयपुर भवानी कालिका (२), गुम्बाजमा बोरिङ खनेर पानीको आपूर्ति गर्दै आएको छ ।
लेखनाथ क्षेत्रमा व्यवस्थित खानेपानीको अभावलाई आयोजनाले पूर्ति गरेको बताउँदै अध्यक्ष बरालले यसको दीर्घकालीन व्यवस्थापनमा सबैको साथ र सहयोग अपरिहार्य भएको उल्लेख गर्नुभयो । कूल रु नौ करोड ६५ लाख ९३ हजार ९२८ आम्दानी र रु सात करोड ५१ लाख ४२ हजार ७७४ खर्च भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार रु छ करोड ४७ लाख ९३ हजार ६६७ मिटर रिडिङ महसुल रहेकोमा रु छ करोड ४१ लाख ५२ हजार १३८ उठेको छ । योजना सुधार विस्तार तथा वार्षिक पूँजी विकास खर्च रु तीन करोड ९० लाख ६९ हजार ८९७ रहेको छ ।
खानेपानी वितरण गरेबापत संस्थाले उपभोक्ताबाट व्यक्तिगततर्पm १० युनिटसम्म रु २४५ लिने गरेको छ भने सामुदायिकतर्पm रु १७९ लिँदै आएको छ । त्यस्तै ११ देखि २० युनिटसम्म प्रतियुनिट व्यक्तिगततर्पm रु २७ तथा सामुदायिकतर्पm रु १९.५० लिने गरिएको छ । त्यस्तै २१ देखि ३० युनिटसम्म व्यक्तिगततर्पm प्रतियुनिट रु ३२ र सामुदायिकतर्पm रु २३.३० लिँदै आएको छ । संस्थाले ३१ युनिटभन्दामाथि व्यक्तिगततर्पm प्रतियुनिट रु ३६ र सामुदायिकतर्पm रु २६.४० निर्धारण गरेको छ । त्यस्तै संस्थाले व्यक्तिगत धारा जडानमा प्रतिधारा रु २३ हजार ६०० लिने गरेको छ भने महानगरले प्रतिमिटर छुट्टै एक हजार ५०० लिने गरेको छ ।
सम्भावित जोखिम न्यूनीकरणका लागि योजनाको मुख्य संरचना, भवन, पाइपलाईन गरी कूल रु नौ करोड ५४ लाख बराबरको भूकम्प र बाढीपहिरो बीमा गरिएको छ । मुलुकमा खानेपानी संस्थाको बीमा गर्ने आयोजना पहिलो रहेको बताइएको छ ।