१२ आश्विन २०८१, शनिबार

बम बिस्फोट गराइयो कांग्रेस उम्मेदवार चढ्ने गाडीमा


गाडीमा बम बिष्फोट

४ मंसिर, सिमरा । बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट भएको समाचार अनलाईन खवरमा छ । बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो । सोमबार बिहान साढे पाँच बजे भएको बम विष्फोटका कारण बा १४ च ६६३३ नम्बरको गाडिमा क्षति पुगेको छ ।

सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालय पछाडि राधाकृष्ण ठकुरीको घर अगाडि पार्किङ गरिराखेको गाडीमा बम विस्फोट भएको इलाका प्रहरी कार्यालयका सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए । बम विष्फोट गराउनेको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !