८ मंसिर २०८१, शनिबार

रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध


बराहापोखरी ताल

गुल्मी, २८ असार । वर्षाका कारण पहिरो गएपछि रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनाँै सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् । सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास – इन्द्रेगाँैंडा र तम्घास – मुसिकोट सडक पनि अवरुद्ध भएका छन् । मुसिकोट नगरपालिका –३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !